कैलाली कारागारका कैदीबन्दीको मृत्यु

जनता संवाददाता
२०८२ असार ३ गते, मंगलवार

काठमाडौं । कैलाली जिल्ला कारागारका १ कैदीबन्दीको मृत्यु भएको छ । बैङ्किङ कसुरमा कारागार चलान भएका डडेलधुरा भागेश्वर–५ का २८ वर्षीय हरिश सिंह पालीको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

कैलाली जिल्लाका प्रहरी नायक उपरीक्षक प्रहरी प्रवक्ता राज कुमार सिंहले उनको उपचारका क्रममा मृत्युको जानकारी दिए ।

एक्कासि बिरामी भए पछि असार २ गते बिहान ११ बजे अस्पताल पुर्‍याएको प्रहरी प्रवक्ता सिंहले बताए । उपचारका क्रममा के कारणले मृत्यु भएको हो यसबारे थप विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८२ असार ३ गते, मंगलवार