काठमाडौँ । हुम्लाको चंखेली गाउँपालिकामा सुविधा सम्पन्न एम्बुलेन्स केहि दिनमा पुग्ने भएको छ । नेपालस्थित भारतिय राजदुतावासको आर्थिक सहयोगमा हुम्लाको चंखेली गाउँपालिका वडा नं ४ मा रहेको पाली स्वास्थ्य चौकीका लागि एम्बुलेन्स पुग्ने भएको हो ।
आज आईतबार राजधानी काठमाडौँबाट हुम्लाको लागि लिईएको चंखेली गाउँपालिका वडा नं ४ का वडाध्यक्ष पदम बहादुर शाहीले जानकारी दिए । आवश्यक सामान र नम्बर प्लेट टाँस्ने काम भने सुर्खेत पुगेर गर्ने उनले जनता मिडियालाई बताए । यस एम्बुलेन्सले स्थानीय जनताहरुलाई एकदमै सहुलियत रुपमा सेवा दिने समेत अध्यक्ष शाहीले बताए ।
सम्भवत् हुम्लामै पहिलोपटक वडाको कुनैपनि स्वास्थ्य चौकीमा आफ्नै एम्बुलेन्स पुगाउने एकमात्रै वडा हो ।
भिडियो रिर्पोट हेर्नुहोस्: