मेजर पण्डितको शव सतगदका लागि सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याईयो

जनता संवाददाता
२०८० भाद्र २७ गते, बुधबार

काठमाडौँ । मेजर पण्डितको शवलाई बुधवार नेपाली सेनाको हेलिकप्टरवाट काठमाण्डौ ल्याईएको छ । प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले बिहानै देखिको लामो प्रयास पछि मध्यान्ह्र २ बजे नेपाली सेनाको हेलिकप्टरवाट शव काठमाडौँ लगिएको जानकारी दिए ।

काठमाण्डौस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई डोल्पामा कार्यरत ३८ वर्षीय मेजर पण्डित भदौ १० गते अपरान्ह ४:४५ बजेवाट बेपत्ता भएका थिए । डोल्पाको दुनैस्थित नन्दबक्स ब्यारेकमा कार्यरत नेपाली सेनाका सेनानी विमल पण्डित बेपत्ता भएको सोह्र दिन पछि मंगलवार भेरीनदिमा शव फेला परेको थियो । त्रिपुरासुन्दरी नगरपालिका ५ अन्र्तगत पर्ने करबगाडस्थित चिन्ढेबगर नजिक भेरीनदिको किनारमा मेजर पण्डितको मृत अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक शिव बुढाथोकी रामवाण गुल्म सुलिगाडका सेनानी ध्रुव कार्की लगायतको टोली शव प्राप्त स्थल चिण्ढेबगर पुगेको थियो ।

भेरीनदिको किनारमा ढुङ्गाको खोचमा पानीको दहमा रहेको शब भर्याङ्ग लगाएर बाहिर निकालेर सम्पुर्ण तरिकाबाट परिक्षण गर्दा मेजर पण्डितले लगाएका घडि र औठीबाट शब बेपत्ता मेजरकोे पुष्टि भएपछि पोष्टमार्टमको लागि साँझ सदरमुकाम दुनैस्थित अस्पतालमा ल्याइएको थियो ।शब पहिचानको लागि मेजर पण्डितका दाज्यु कुमार पण्डित समेत घटनास्थलमा पुगेका थिए ।

प्रकाशित मिति : २०८० भाद्र २७ गते, बुधबार


Scroll to Top

Janata Media