
काठमाडौँ । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) ले हेलिकप्टर चार्टर गरी जन्मथलो म्याग्दी आएर बिहीबार गैर आवासीय नेपाली नागरिकता बनाएका छन्।
बेलायती सेनाको विशेष सैनिक फोर्सबाट अवकाश लिएका पूर्जा गैर आवासीय नेपाली नागरिकता लिन काठमाडौँबाट कैलाश एयरको हेलिकप्टर चार्टर गरेर बेनी गएका थिए।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा जन्मिएका पुर्जालाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले गैर आवासीय नागरिकता हस्तान्तरण गरेका थिए।