पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य खड्काको निधन

जनता संवाददाता
२०८२ जेष्ठ १५ गते, बिहीबार

काठमाडौँ । पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य गणेशबहादुर खड्काको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट दैलेख क्षेत्र नम्बर १ बाट २०६४ सालको संविधानसभा र त्यसअघि २०४८ तथा २०५१ को प्रतिनिधिसभा चुनावमा निर्वाचित खड्काको आज (बिहीबार) बिहान निधन भएको हो ।

क्यान्सर रोगसँग जुधिरहेका ८२ वर्षीय खड्कालाई काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार गराएर केही दिनअघि दैलेख सदरमुकामस्थित निवासमा लगिएको थियो । वि.सं. १९९९ सालमा दैलेखमा जन्मिएका खड्काले नेपाली कांग्रेस दैलेखको सभापतिका रुपमा लामो समय काम गरेका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ १५ गते, बिहीबार


Scroll to Top

Janata Media