हुम्लामा बोलेरो जिप दुर्घटना हुँदा चालक घाईते

जनता संवाददाता
२०८० कार्तिक २३ गते, बिहीबार

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा चालक घाइते भएका छन् ।

कर्णाली प्रदेश ०२००१ ज ००१६ नम्बरको बोलेरो जिप अदानचुली गाउँपालिका वडा नं ३ को शान्ति बजारमा बिहिबार बिहान १ बजे दुर्घटना हुँदा जिपका चालक मुगु घर भएका दिपेन्द्र लवाड सामान्य घाइते भएको गाडी धनि जानदत्त जैशीले जानकारी दिए ।

अदानचुली–५ को बारिगाउँबाट श्रीनगर आउने क्रममा चन्दनाथ बहुउद्देश्यीय सहकारी संस्थाको अगाडीको बाटोभन्दा १० मिटर तल खस्दा जिपका चालक सामान्य घाइते भएको स्थानीय पत्रकार मोहनसिंह बुढाले जानकारी दिए ।

दुर्घटनामा सामान्य घाइते भएका चालक लवाडको श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चालक लवाडको टाउको र हातमा चोट लागेको बछ ।

जिपमा चालक सहित अदानचुलीकै नवराज जैशी लगायत दुई जना सवार रहेको श्रीनगर प्रहरी चौकीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते, बिहीबार


Scroll to Top

Janata Media