काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा पानी परेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकाका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
मौसमविद् गोविन्द झाका अनुसार उपत्यका सहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको छ । अहिले पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो ।
काठमाडौंका एकरदुई स्थानमा भइरहेको वर्षा केहीबेरमा रोकिने पनि मौसमविद् झाले जानकारी दिएका छन् । पानी परेपछि काठमाडौंमा तुलनात्मक रूपमा चिसो महशुस गरिएको छ।
काठमाडौंको आजको न्युनतम तापक्रम ९.९ डिग्री रहेको पनि मौसमविद् झाले जानकारी दिए । जाडो सिजन नजिकिँदै गर्दा तापक्रम विस्तारै घट्दै जाने उनले बताए ।
आज सबैभन्दा कम न्युनतम तापक्रम जुम्लामा ३.१ डिग्री सेल्सियस मापन भएको छ।
काठमाडौंको मौसममा भने आज रातिदेखि नै सुधार हुने मौसमविद् झाले बताए ।







