ढुंगा लागेर हुम्लामा एक महिलाको मृत्यु

जनता संवाददाता
२०८० कार्तिक २७ गते, सोमबार

हुम्ला । हुम्लामा ढुंगाले लागेर एक महिलाको मृत्यु भएको छ। माथिबाट खसेको ढुंगाले लागेर घाईते भएकि सर्केगाड गाउँपालिका-३ उनापानी गाउकी ४१ वर्षीया पुनी कार्कीको उपचार गर्न जिल्लाबाहिर लैजाने क्रममा बीच बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

आईतबार बिहान घर (उनापानी गाउं) बाट घर गर्जो टार्न सिमी बेच्न पालिका केन्द्र सर्केगाड जाने क्रममा माथिबाट खसेको ढुंगाले टाउको र बायाँ हातमा चोट लागेर गम्भिर घाईते भएकी कार्कीलाई थप उपचारका लागि कोल्टी लैजाने क्रममा अदानचुली गाउँपालिकाको वडा नम्बर ३ स्थित मकै नजिकै बाटोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रबक्ता नरेन्द्रबहादुर चन्दले बताए ।

मृत्यु भएकी कार्कीको घाइते भए लगत्तै उनलाई उपचारका लागि सर्केगाड गाउँपालिकाको सायाँ स्वास्थ्य चौकी सर्केगाड र सरिसल्लामा रहेको हिमाल हेल्थ क्लिनिकमा पनि उपचार सम्भव नभए पछि थप उपचारका लागि बाजुराको कोल्टी लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको हो। कैलाश एफएम

प्रकाशित मिति : २०८० कार्तिक २७ गते, सोमबार


Scroll to Top

Janata Media