काठमाडौँ । अदानचुली काठमाडौँ एकता समाजले काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नं ६ मातातिर्थ चौरमा भव्य देउडा प्रतियोगिता सम्पन्न गरेको छ । कर्णालीको देउडा संस्कृतिलाई बचाईराख्न र देश विदेशमा पहिचान स्थापित गर्ने उद्देश्यले एकता समाजले देउडा प्रतियोगिता सम्पन्न गरेको हो ।
कार्यक्रममा कर्णाली प्रदेश सभाका सदस्य कल बहादुर हमाल प्रमुख अतिथि, राष्ट्रिय दलित आयोगका सदस्य मेहेल पार्की विशेष अतिथि, अतिथिहरु जिल्ला समन्वय समिति हुम्लाका प्रमुख शिवराज शर्मा, जिल्ला समन्वय समिति हुम्लाका उपप्रमुख दलु फडेरा, अदानचुली गाउँपालिकाका पूर्व अध्यक्ष दल फडेरा, किर्डाक नेपालका प्रबन्ध निर्देशक गोविन्द शाही, मंगल शाही, कमान सिंह धामी, नेत्र बहादुर भण्डारी, देउल्या रोकाया, अर्जून बोगटी, बिर्जन महतारा, नवराज महतारा, कर्ण बहादुर बुढा, रिता शाही, मञ्जु रावल, रानेन्द्र स्याङ्कु, लाल प्रसाद ढकाल, जल बुढा, गोरख बहादुर बिसि उपस्थित थिए ।
देउडा खेलाडीहरु पुरुषतर्फ युवराज भण्डारी, विरही वम ठकुरी, बिर्जित कुलाला, हस्त बुमि र महिलातर्फ संगिता सिजापति, पवित्रा आचार्य, जसुदा आचार्यले एक आपसमा देउडा खेलेका थिए । देउडामा उनीहरुले विशेषगरी संस्कृति जोगाउन र मनोरञ्जन लिने र दिने रुपमा खेलेका थिए ।
अन्त्यमा आयोजक कमिटिले सम्पूर्ण देउडा खेलाडी र अन्य सहयोग गर्ने व्यक्ति र संस्थालाई सम्मान गरेको थियो ।









