शालनालसहितको शिशु फेला

जनता संवाददाता
२०८० मंसिर १ गते, शुक्रबार

काठमाडौँ । हेटौँडामा बिहीबार साँझ झाडीमा शालनालसहितको शिशु फेला परेको छ । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ हुप्रचौर प्रदेश लोकसेवा आयोग कार्यालय नजिकैको झाडीमा नवजात शिशु (छोरी) फेला परेको हो ।

स्थानीयले नवजात शिशु रोएको सुनेपछि हेर्ने क्रममा शालनालसहितको शिशु भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयले नवजात शिशुको उद्धार गरेर उपचारका लागि हेटौँडा अस्पताल पुराएका छन ।

नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने शिशुको शरीरको केही भागमा काँडाले कोतरिएको छ । बच्चा कसले फालेको भन्ने विषयमा खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० मंसिर १ गते, शुक्रबार


Scroll to Top

Janata Media