टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजदेखि सुनुवाइ

जनता संवाददाता
२०८० मंसिर ४ गते, सोमबार

काठमाडौँ । सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ प्रारम्भ हुँदै छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले दायर गरेको रिटमा आजदेखि सुनुवाइ हुन लागेको हो ।

टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् ।

प्रकाशित मिति : २०८० मंसिर ४ गते, सोमबार


Scroll to Top

Janata Media