
काठमाडौँ । फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपाल यमनसँग २-० ले पराजित भएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे देखि सुरु भएको खेलको पहिलो हाफ सकिँदासम्म दुवै टोली गोल रहित बराबरीमा थिए। दोस्रो हाफको ७२ औं मिनेटमा यमनका लागि ओमर अब्दुल्लाह अल-दहीले गोल गर्दै अग्रता दिलाए। त्यसपछि खेलको ‘ईन्जुरी टाइममा’ यमनका लागि मोहम्मद अब्दुल्लाह अल-दही दोस्रो गोल गरे।
समूह ‘एच’ को टोली नेपालले यसअघि संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध ४–० को हार बेहोरेको थियो।