बर्दियामा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु

जनता संवाददाता
२०८० मंसिर ९ गते, शनिबार

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।

शुक्रबार राति करिब १० बजेको समयमा घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको र एक जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले बताएको छ ।

मृत्यु हुनेमा करिब १८ महिनाका कार्तिक चन्द, ७ बर्षिय क्रिस चन्द, १० बर्षिय मानसिङ बुढा ३२ बर्षिय राधा बुढाको मृत्यु भएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

राति करिव १० बजे आगलागी भएको खबर स्थानियले प्रहरीलाई जानकारी गाएका थिए । आगलागिमा परि २८ बर्षिय करिस्मा चन्द घाइते भएको प्रहरीले बताएको छ । आगलागीको घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० मंसिर ९ गते, शनिबार


Scroll to Top

Janata Media