एमाले निकट राष्ट्रिय युवा संघ नेपालको सचिवमा विनोद राईको दाबी

जनता संवाददाता
२०८२ बैशाख ३१ गते, बुधबार

काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पोखरामा हुने दशौं महाधिवेशनमा विनोद राईले सचिवका लागि दाबी गरेका छन् । महाधिवेशन सुरु हुनु अगावै राई आफ्नो सचिव पदका लागि दाबेदारी गर्ने घोषणा गरेका छन् ।

राईले रमेश पौडेल ,वचन सिहं, किरण पौडेलको कार्यकालमा सचिवालय सदस्यको जिम्मेवारी काम गरिसकेका छन् । हाल अध्यक्ष क्षितिज थेवेको सचिवालय सदस्य तथा सामाजिक सेवा विभागको प्रमुख हुन् । विगतमा भन्दा सामाजिक सेवा विभाग अब्बल ढंगले चलाएको उनको दाबी छ । सबैभन्दा सफल विभाग पनि सामाजिक सेवा विभागलाई मानेका छन् ।

गणतन्त्रको विरोधी ,सामाजिक अराजकता ,अति जातिवाद र समाजलाई भड्काउने तत्वको विरुद्ध संगठनको अग्रभागमा लडदै आएको दाबी गरेका छन् । दर्गा प्रसाईंले भारतवाट सुटर लगाएर मार्ने धम्की समेत राईले आफुलाई दिएको बताउँदै आएका छन् । पहाडी जिल्ला खोटाङमा जन्मिएका राई सामान्य परिवारको हुन् ।

सरल र सहज तरिकाले घुलमिल हुने र सबैलाई सकेको सहयोग गर्न भावनाका राई सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । सामाजिक सेवा विभागको प्रमुख भइरहँदा धेरै विद्यालयमा झोला वितरण र भक्तपुरको मानव आश्रममा लत्ता कपडा राषण लगायत सामग्री वितरण गरेर सामाजिक काममा पनि अग्रणी भूमिकामा देखिन्छन् । राई युवा तथा जनमानस परिचालनमा सबैभन्दा धेरै क्षमता राख्ने र हरेक आन्दोलनमा सबैभन्दा धेरै युवा उतार्ने युवाका रुपमा चिनिन्छन् । वैचारिक पक्षमा मार्क्सवादको राम्रो ज्ञान भएका राई अध्ययनशील पनि उत्तिकै छन् ।

राई गत केही महिना अघि हाल अनुसन्धानका लागि हिरासतमा रहेका दुर्गा प्रसाईंलाई कालो मोसो दलेर चर्चामा आएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख ३१ गते, बुधबार


Scroll to Top

Janata Media