काठमाडौं, । नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशविरुद्ध अहिले विभिन्नखाले षडयन्त्र सुरु भएकाले सचेत रहन नेपाली जनतालाई आग्रह गर्नु भयो । नेपाल संवत् ११४४ को अवसरमा एमाले काठमाडौँ महानगर कमिटीद्वारा आयोजित शुभकामना कार्यक्रममा उहाँले आज सो आग्रह गरे ।
अध्यक्ष ओलीले भने, “नेपाललाई अस्थिर बनाएर फाइदा लिन खोज्ने तत्त्वहरूले पुनः नेपालमा षडयन्त्र सुरु गरेका छन्, जाती, धर्म र पहिचानको नाममा अराजकता मच्चाउने प्रयास गरिरहेका छन्, त्यसलाई परास्त गर्न सबै नेपाली एक ठाउँमा उभिनुपर्छ ।मुलुकमा सरकार कमजोर हुँदा अनेकखाले शक्तिहरू सलबलाउने अवसर पाउनेगरेको चर्चा गर्नुहुँदै वर्तमान सरकार हरेक कोणबाट कमजोर भइसकेकाले देशको रक्षाका लागि जनता नै अगाडि अग्रसर हुनुपर्ने उहाँले बताए। देशको रक्षाका लागि एमाले नेतृत्व गर्ने शक्ति भएकाले देशको सीमा, जनताको अधिकार सुनिश्चितताका लागि हरतरहले नेतृत्व गर्न सक्षम रहेको उनले बताए ।
देशको लोकतन्त्र र गणतन्त्र चिट्ठामा पारेर आएको व्यवस्था नभएको चर्चा नर्गुहुँदै अध्यक्ष ओलीले भने, “मुलुकको लोकतन्त्र र गणतन्त्र नेपाली जनताको खुन पसिना बगेर आएको व्यवस्था हो, यसलाई समस्यामा पार्न खोज्ते तत्त्वलाई जुनसुकै अवस्थामा परास्त गर्नेछौँ, त्यसको नेतृत्व एमालेले गर्नेछ ।” देशको रक्षा गर्ने र समृद्धि कायम गर्ने पार्टी एमाले भएकाले शक्तिको पहिचान गरी पछिलाग्न उहाँले सबैमा आग्रह गरे।
अर्को प्रसङ्गमा अध्यक्ष ओलीले काठमाडौँ सहर र नेपाल ज्ञान, ध्यान तथा योगको उदगम थलो भएको चर्चा गर्दै नेपालको संस्कृति बचाउन सकेमात्र यहाँको पहिचान कायम हुने चर्चा गरे । उनको संस्कार, संस्कृति विश्वमै उदाहरणीय भएकाले संरक्षणमा सबै लाग्नुपर्ने उनले बताए ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संखधर साख्वाले सुरु गर्नुभएको नेपाल संवत अहिले राष्ट्रिय संवत भएकाले यसको कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए । नेवारसहित अन्य आदिवासी जनजातिको संस्कार संस्कृतिमार्फत नयाँ पहिचान कायम गर्न सकिने भएकाले त्यसको संरक्षणमा लाग्न उहाँले सबैलाई आग्रह गरे ।







