प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच समसामयिक छलफल

जनता संवाददाता
२०८० मंसिर १२ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सिंहदबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको सो भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

सो अवसरमा उनीहरुबीच अहिले विभिन्न समूहले गरिरहेको प्रदर्शनबारे पनि कुराकानी भएको थियो। सो क्रममा अध्यक्ष ओलीले पुनःनिर्माण गरिएको सिंहदरबारको पश्चिम भेगको ग्यालरीको अवलोकन गरेका थिए।

संसद्को हिउँदे अधिवेशन पनि बोलाउनुपर्ने समय भएकाले प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष ओलीलाई छलफलका लागि बोलाएका थिए।

प्रकाशित मिति : २०८० मंसिर १२ गते, मंगलवार


Scroll to Top

Janata Media