एनसेल सेयर बिक्रीमा खुला छलफल गर्न रास्वपा सभापति लामिछानेको चुनौती

जनता संवाददाता
२०८० मंसिर २० गते, बुधबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले एनसेलको सेयर बिक्रीका विषयमा खुला छलफल गर्न चुनौती दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले दलका नेताहरूले एनसेलको विषयमा खुला छलफल गर्न नसक्ने टिप्पणी गरेका छन् ।

उनले पार्टीका नेताहरूले एनसेलको कर तिर्न नपर्ने भन्दै रकम लिएको आरोप लाएका छन् । “स्पाइस नेपालको नाममा अहिलेको एनसेल जन्मँदादेखि नै चलखेल थियो । टेलियासोनेराले बेचेर मलेसियाली कम्पनीले किन्दा नियमानुसारको ट्याक्स तिर्न नपर्ने आश्वासनको नाममा कुन दलका कुन–कुन नेताले कति–कति रकम खाए, कुन–कुन निकायका दैलादैलामा बाँडेर पचाए, खुला छानबिन गर्न तयार हुने हो ?” उनले लेखेका छन् ।

प्रकाशित मिति : २०८० मंसिर २० गते, बुधबार


Scroll to Top

Janata Media