सत्या पाहाडीले तिमल्सिनालाई भनिन्ः मुक्ति र सर्केगाडवासीका सपना सकार पहिलो दायीत्व

राजधानीमा देवकीलाई सम्मानः सर्केगाडका जनतालाई निराश नपार्नु

जनता संवाददाता
२०८१ पुष ११ गते, बिहीबार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की स्थायी समिति सदस्य सत्या पहाडीले नवनिर्वाचित उपाध्यक्ष देवकी तिमल्सिनालाई मुक्तिको सपना र सर्केगाडका जनताप्रति प्रमुख दायीत्व रहेको बताएकी छन् । बिहिबार राजधानीको संवाद डबलीमा हुम्ला–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा उनले देशभरी जनता निराश भए पनि माओवादीप्रति आशा र भरोषा भएको पनि बताईन् ।

पूर्वमन्त्रीसमेत रहेकी पहाडीले लामो समय विभिन्न भागमा विभक्त माओवादीहरु बिस्तारै एकीकृत हुन लागेको प्रति खुसि व्यक्त गर्दै भनिन्,’हुम्लामा देवकी जी र देशैभरको जित अघोषित माओवादी एकताको सेन्टिमेन्ट नै हो, त्यसमाथि सामाजवादी मोर्चाको बल थियो ।’ पहाडीले माओवादी एक्लै उत्रिए १० सिट पनि ल्याउन नसक्ने भास्य तोडिएको बताउँदै भनिन्,’विगतमा माओवादी तितर्बितर भएकोले तेस्रो भइयो, यो उपचुनावले प्रतिगामीहरुको हल्लालाई चक्नाचुर परेको छ ।’

नवनिर्वाचित सर्केगाड गाउँपालिका उपाध्यक्ष देवकी तिमल्सिना रोकायाले दिवंंगत पूर्व–उपाध्यक्ष चन्द्र सिंह कार्की(मुक्ति)ले देखेका अपुरा सपना र जनताको अत्यावश्यक विषयमा ध्यान दिने प्रतिबद्धता जनाईन् ।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कर्णजित बुढाथोकी(सुशिल)ले देवकी तिमल्सिना जनयुद्धबाट खारिएर आएको योद्धा भएकोले पनि जित्न सफल भएको बताए । पछिल्लो समय जबर्जस्त माओवादी एकता हुनु पर्ने अवस्था अएको बताउदै भने,’प्रतिक्रियावादीहरुले सत्ता र शक्तिको दुरुपयोग गर्दै माओवादीलाई सिद्दाउने खेल खेलिरहेकोले पनि हामी सबै निशर्त एकता हुनुपर्छ ।’ सुशिलले प्रचण्ड सरकरले गरेका राम्रा कामबाट डाहा मानेर बनेको ओली सरकार माओवादीलाई पखालगाउन ८४ मा काँग्रेस–एमाले चुनावी तालमेल गर्ने खतरा रहेको बताए ।

नेकपा(एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य हस्तबहादुर शाहीले देवकी तिमल्सिनालाई जिताउन समाजवादी मोर्चा लागेको बताए । शाहीले केपी ओली नेतृत्वको सरकार निरङ्ककुश हुँदै गएकाले समाजवादी मोर्चा थप प्रभावकारी बन्नु पर्ने धारणा राखे ।

प्रतिनिधी सभा सदस्य छिरिङ डम्डुल लामा(कार्चेन)ले उप निर्वाचनको परिणामले देशभरी जनताको माओवादीप्रति आस्था र आकर्षण बढेको धारणा व्यक्त गरे । ओली सरकारले जनविरोधी कार्य गर्न थालेकोले त्यसलाई रोक्न सम्पूर्ण माओवादी एकता हुनुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका सल्लाहकार मुकुन्द घिमिरेले हुम्लालाई अझै पनि राज्यले हेपिरहेको बताउँदै, त्यसलाई कम गर्न पार्टीले थप मेहनत गर्नुपर्ने धारणा राखे । उनले देवकी पूर्वकी चेली हुम्लामा गएर जित्नु उदाहरणिय कार्य भएको बताए ।

नेकपा९माओवादी केन्द्र०की केन्द्रीय सदस्य सिता शाही(शुस्मिता) गंगा बोगटी, पार्वति वि.क.ले तिमल्सिनाको जितले माओवादी हुम्लामा थप बलियो भएको पुष्टी गरेको बताईन् ।

माओवादी केन्द्र हुम्ला जिल्ला कमिटी संयोजक डा. दीपेन्द्र रोकायाले चुनाव जित्न निकै चुनौति भए पनि पार्टी केन्द्रको प्रतिष्ठासहितिको चासो तथा जिल्लाको सिंगो कमिटी र समाजवादी मोर्चाको अहम भूमिकाले यो सफलता भएको बताए ।

उपाध्यक्ष तिमल्सिनाका बुबा तथा माओवादी सिन्धुपाल्चोक गाउँ कमिटी सल्लाहकार जीवनाथ तिमल्सिनाले छोरीलाई बधाई तथा शुभकामना दिदै भने,’मेरो छोरी र हाम्रो त्याग तपस्या अनि लगानीले न्याय पयो, छोरीलाई जिताउने हुम्ली जनतालाई आभार व्यक्त गर्दछु ।’

सर्केगाड गाउँपालिकाका पूर्व अध्यक्ष कृष्ण रोकाया(करुण)ले तिमल्सिनालाई बधाई तथा शुभकामना दिदै सर्केगाडका पूर्वउपाध्यक्ष दिवंगत चन्द्र सिंह कार्कीको सपना साकार तथा जनअपेक्षामा खारो उत्रन सुझाए । माओवादी केन्द्रीय परिषद सदस्य कालिबहादुर बि.क.ले ८४ मा माओवादीले एक्लै लड्दा फाईदा हुने धारणा राखे ।

सो बधाई, शुभकामना तथा भेटघाट कार्यक्रमा सर्केगाडका अग्रज जसबहादुर महतारा, माओवादी प्रदेश कमिटी सदस्य जानकी सुनार, कलाकार इश्वर सापकोटा, लेखक भिम फडेरा, सहिद माइकलका छोरा विजय धामी,जिल्ला मोर्चा डिसियम कसमवीर लोहारले देवकी तिमल्सिनालाई बधाई तथा कार्य कालको शुभकामना दिएका थिए ।

कर्यक्रमको सभाअध्यक्षता हुम्ला काठमडौं सम्पर्क मञ्चका अध्यक्ष ज्ञानबहादुर लामाले गरेका थिए । संवाद डबली

प्रकाशित मिति : २०८१ पुष ११ गते, बिहीबार


Scroll to Top

Janata Media