दुर्गा प्रसाईँलाई थप पाँच दिन थुनामा राख्न अनुमति

जनता संवाददाता
२०८१ आश्विन १० गते, बिहीबार

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

अदालतका सूचना अधिकारी मेलिश बास्कोटाका अनुसार बुधबार म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालत पेस गरिएकोमा न्यायाधीश श्यामविहारी मौर्यले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन्। उनलाई सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ।

उनलाई साइबर ब्युरोले भक्तपुरस्थित निवासबाट आइतबार पक्राउ गरेको थियो। सोमबार उनलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो। मंगलबार सरकारी वकिल कार्यालयले उनको बयान लिएको थियो।

प्रकाशित मिति : २०८१ आश्विन १० गते, बिहीबार


Scroll to Top

Janata Media