हुम्लामा १४ वर्षिय बालक आफ्नै गोठमा मृत फेला

जनता संवाददाता
२०८० मंसिर २२ गते, शुक्रबार

मोहनसिंह बुढा, सिमकोट । हुम्लामा १४ वर्षिय बालक आफ्नै गोठमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा सिमकोट गाउँपालिका वडा नम्बर ५ तल्लोगाउका रोहित रोकाया रहेका छन् । बिहिबार अपरान्ह साढे ३ बजे तिर आफ्नै गाई गोरु बाध्ने गोठमा मृत फेला परेका हुन् ।

बिहिबार आमा बुवालाई घरबाट बाहिर निस्के भन्दै गएका बालक रोकाया आफ्नै घरको गोठमा घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनु भएको छ ।

उनका अनुसार बिहिबार साँझ मृत भेटिएका रोकायाको पोष्ट मार्टम गरी हिन्दु परम्परा अनुसार दाह संस्कार गरिएको छ । कैलाश बोधी स्कुलमा कक्षा ५ मा अध्यनरत बालकको घाँटीमा पासो लगाइ आत्महत्या गरी निधन भएपछि विद्यालयले एक दिनका लागी शुक्रबार सोक विदा दिएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २२ गते, शुक्रबार


Scroll to Top

Janata Media