कुलमानको निर्णयविरुद्ध हितेन्द्र अदालत गए

जनता संवाददाता
२०८२ कार्तिक १८ गते, मंगलवार

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य उत्प्रेषणको आदेश माग गर्दै सर्वोच्च अदालत गएका छन् ।

सोमबार शाक्यले अदालतमा रिट दायर गरेका हुन् ।

शाक्यलाई अघिल्लो सरकारले चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारका ऊर्जा मन्त्री कुलमान घिसिङले शाक्यलाई सरुवा गरेका थिए ।

प्राधिकरणबाट सरुवा गरेर शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ट श्रेणीको विशेषज्ञ पदमा सरुवा गरेको छ ।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते, मंगलवार


Scroll to Top

Janata Media