उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

जनता संवाददाता
२०८० पुष १ गते, आईतवार

काठमाडौं । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड रुपियाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ ।

आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकमा अर्थमन्त्री डा। प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा।वैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरू लगायत उपस्थित हुनुहुन्थ्यो।

बैठकमा प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्र र किसानलाई प्राथमिकतामा राखेर उत्पादनमुखी नीति, योजना र कार्यक्रम बनाउन एवं कार्यान्वयनमा तत्परता देखाउन मन्त्री र सचिवलाई निर्देशित समेत गरेका छन् ।

प्रकाशित मिति : २०८० पुष १ गते, आईतवार


Scroll to Top

Janata Media