
काठमाडौं । दीक्षान्त समारोहमा धेरै विद्यार्थी सहभागी गराएर त्रिभुवन विश्वविद्यालयले विश्व कीर्तिमान बनाएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको त्रिविको ४९ औँ दीक्षान्त समारोहमा २६ हजारभन्दा बढी विद्यार्थी दीक्षित गरेसँगै विश्व कीर्तिमान कायम गरेको हो ।
विश्वका कुनैपनि विश्वविद्यालयको दिक्षान्त समारोहमा भौतिक रुपमा यति धेरै विद्यार्थी उपस्थित भएका थिएनन् ।
त्यसैले त्रिविको दीक्षान्त समारोहमा सबैभन्दा धेरै संख्या भएको भन्दै अफिसियल वर्ल्ड रेकर्ड एसोसिएसन ९ओडब्लुआर० ले त्रिभुवन विश्वविद्यालयलाई कीर्तिमानको प्रमाणपत्र दिएको हो ।