सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प

जनता संवाददाता
२०८० पुष १६ गते, सोमबार

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

आइतबार राती १० बजेर २१ मिनेटको समयमा सिन्धुपाल्चोकको लिस्टिकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको थियो। भूकम्पको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन।

प्रकाशित मिति : २०८० पुष १६ गते, सोमबार