बाँके । बाँकेमा स्कार्पियोको ठक्करबाट दुई जनाको पैदलयात्रीको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८, कारकाँदो एस.के. पेट्रोल पम्म नजिकै गएराति १२ बजेतिर सु.प.प्र.०१-०० च ३४६३ नम्बरको स्कारपिओ कार अनियन्त्रित भई पैदल यात्रीलाई ठक्कर दिँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो भने १ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज (नर्सिङ होम) लगिएको ट्राफिक कार्यालय बाँकेले जानकारी दिएको छ । मादक पदार्थ (मापसे)सेवन गरेको अवस्थामा रहेको चालकलाई प्रहरीले नियन्त्रणमा लिएको भने अन्य अनुसन्धान जारी गरेको जनाएको छ। मृतक र घाइतेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।







