दसैँमा टीका लगाउन ससुराली आएका ज्वाइँको डुबेर मृत्यु

जनता संवाददाता
२०८१ आश्विन २७ गते, आईतवार

काठमाडौं। वडादसैँमा ससुरालीमा टीका लगाउन आएका एक व्यक्तिको आइतबार तनहुँमा मृत्यु भएको छ।

व्यास नगरपालिका व्यास नगरपालिका-६ श्याम्घामा ४० वर्षीय नारायणप्रसाद पोख्रेलको मादी नदीमा नुहाउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। नवलपुरको गैंडाकोट नगरपालिका-२ घर भएका पोख्रेल आइतबार बिहान नदीमा नुहाउन गएका थिए ।

नुहाउने क्रममा भुमरीमा परेर उनको मृत्यु भएको थियो । उनको शव करिब एक किलो मिटर तल फेला परेको थियो । घटनाको सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन २७ गते, आईतवार


Scroll to Top

Janata Media