पिडित भन्छन्: हाम्रो पैसा फिर्ता गरेर बिर बहादुरलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ

जनता संवाददाता
२०८० पुष २६ गते, बिहीबार

काठमाडौँ । बिर बहादुर रोकायाबाट ठगिएका पिडितले उनलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । आफ्नो पैसा ब्याजसहित फिर्ता गरेर उनलाई कडाभन्दा कडा कारबाहीको माग गरेका हुन् ।

रोकायाले योजना हाल्दिन्छु भन्दै विभिन्न किसिमका प्रलोभनमा पारेर दुई वर्ष अगाडी पैसा लिएको तर अहिले उल्टै सम्पर्कविहिन भएको पिडितको गुनासो छ ।

‘म अर्थ मन्त्रालयमा काम गर्छु । योजनाको नाम मात्रै परिवर्तन गर्नुपर्नेछ । मेरो खातामा पैसा हाल्दिनु, अनि तपाईको नाममा योजना आउँछ भनेर मलाई बारम्बार बिर बहादुर रोकायाले भन्यो । त्यसपछि मैँले एक लाख रुपैँया उसको खातामा हाल्दिए ।’ पिडित रुपदन बुढाले जनता मिडियासँग भने ।

‘बिर बहादुर रोकायाले विभिन्न प्रलोभन देखाई योजना हाल्दिन्छु भने, मैँले एकपटक एक लाख र अर्कोपटक एक लाख पाँच हजार उसको खातामा हाल्दिए । त्यसपछि ऊ हामीसँग सम्पर्कविहिन भयो ।’ पिडित शुभराज रोकायाले जनता मिडियासँग भने ।

रोकायाले अन्य व्यक्तिहरुबाट पनि योजना मिलाईदिन्छु भन्दै ठगि गरेको आरोप छ ।

प्रकाशित मिति : २०८० पुष २६ गते, बिहीबार


Scroll to Top

Janata Media