दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात

जनता संवाददाता
२०८० माघ ४ गते, बिहीबार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात भएको छ ।

बाग्लुङमा कार्यक्रमका लागि पुगेका प्रसाईंमाथि हातपात भएको हो ।

उनी कार्यक्रमस्थलमा हिँडिरहेको अवस्थामा एक व्यक्तिले उनीमाथि हातपात गरेको भिडियो साामाजिक सञ्जालमा देखिएको छ । उनी आफ्ना सुरक्षाकर्मीसहित हिँडिरहेको अवस्थामा ती व्यक्तिले उनको टाउकोमा झोला जस्तो वस्तुले प्रहार गरेको देखिन्छ ।

उनलाई हातपात गर्ने व्यक्तिलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर उनको सचिवालयले भने प्रसाईंमाथि कुनै पनि हातपात नभएको दाबी गर्दै आइरहेको छ ।

‘दाईमाथि हातपात भन्ने हल्ला चलेको छ तर उहाँमाथि कुनै पनि हातपात भएको छैन ।’ उनको एक सचिवालय सदस्यले लोकपथसँग भने ।

गत मंसिर ७ गतेबाट विभिन्न नारासहित काठमाडौंमा आन्दोलनको घोषणा गरेको प्रसाईं उनको आन्दोलन विफल भएसँगै विभिन्न जिल्लाका कार्यक्रमहरुमा सहभागि भइरहेका छन् ।

प्रकाशित मिति : २०८० माघ ४ गते, बिहीबार


Scroll to Top

Janata Media