ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

जनता संवाददाता
२०८० असार १८ गते, सोमबार

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आज (सोमबार) दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तत्कालीन नासु रमेशकुमार पोखरेल र देवनारायण महर्जन रहेको ब्युरोका एसएसपी दिनेश आचार्यले बताए। पोखरेल गृह मन्त्रालय अन्तर्गतको समरजङ्ग कम्पनीका तत्कालीन प्रमुख थिए भने महर्जन ललिता निवास जग्गामा मोही बनेका थिए ।

ब्युरोले यसअघि आइतबार पनि तीन जनालाई पक्राउ गरेको थियो । हालसम्म ललिता निवास प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ ।

विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८० असार १८ गते, सोमबार


Scroll to Top

Janata Media