दरबार हत्याकाण्डको छानबिन मेरै नेतृत्वको सरकारले गर्छ: प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०८० माघ १५ गते, सोमबार

बारा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन्। सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाका विरुद्ध उभिने र षड्यन्त्रपूर्ण गतिविधि गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे।

प्रकाशित मिति : २०८० माघ १५ गते, सोमबार


Scroll to Top

Janata Media