जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

जनता संवाददाता
२०८० माघ २६ गते, शुक्रबार

काठमाडौं । जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका(१२ टक्सार बस्ने ३३ वर्षीय बल बहादुर श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

श्रेष्ठले ती बालिकालाई मंसिर ९ गते सोही ठाउँस्थित सल्लाघारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० माघ २६ गते, शुक्रबार


Scroll to Top

Janata Media