राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेल सम्मानित

जनता संवाददाता
२०८० माघ २९ गते, सोमबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दश ९टप टेन० मा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा एक समारोहबिच मेनुकालाई सम्मान गरेका हुन् ।

राष्ट्रपति पौडेलले मेनुकाको परिश्रम, मिहिनेत र योग्यताले सबै नेपालीको शिर उँचो बनाएको बताउनुहुँदै देशका छोराछोरीले नै मिहिनेत र आफ्नो क्षमता देखाएर मुलुकको शान र गौरव बढाउने उल्लेख गरे ।

उनले मिहिनेत र अभ्यासले मानिसलाई सफल बनाउने उल्लेख गर्दै मेनुकाको उत्तरोत्तर प्रगतिको कामना गरे ।

 

प्रकाशित मिति : २०८० माघ २९ गते, सोमबार


Scroll to Top

Janata Media