खोप अभियान सफल पार्न रसुवाका स्वास्थ्यकर्मी क्रियाशील

जनता संवाददाता
२०८० फाल्गुन १२ गते, शनिबार

काठमाडौं । यही फागुन १३ गते आइतबारदेखि देशभरका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै छ । रसुवामा पनि उक्त अभियानलाई सफल पार्न स्थानीय निकाय र स्वास्थ्यकर्मीहरू सक्रियताका साथ लागेका छन् ।

‘भ्याक्सिन’ अभियान सफल पार्न सबै स्थानीय तहका अधिकारीका साथै स्वास्थ्यकर्मीहरू परिचालन भएका छन् । जिल्लाको तापक्रमअनुसार भ्याक्सिन व्यवस्थापन एवम् ढुवानी गरिएको जनस्वास्थ्य प्रमुखले बताए ।

यही फागुन १६ देखि २० गतेसम्म सञ्चालन हुने दादुराविरुद्धको खोप अभियानअन्तर्गत स्थानीय सरकारको सुझावमा तय गरिएका ५४ खोप केन्द्रबाट तीन हजार पाँच सय बालबालिकालाई खोप लगाइने कार्यक्रम छ ।

आगामी सन् २०२६ देखि दादुरा उन्मूलनको घोषणा गर्ने लक्ष्य रहेकाले यस वर्षको खोप अभियानमा अनिवार्यरुपले आ(आफ्ना बालबालिकालाई सहभागी गराउन जिल्ला स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १२ गते, शनिबार


Scroll to Top

Janata Media