काठमाडौं । नेकपा एमालेको प्रमुख सचेतकमा महेश बर्तौला मनोनित भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि यसअघि सचेतक रहेका बर्तौलालाई केपी शर्मा ओलीले यसअघि सचेतक रहेका बर्तौलालाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।बर्तौला मकवानपुर-२ बाट प्रत्यक्ष निर्वाचित भएर आएका सांसद हुन् ।
यस्तै सचेतकमा भने सुनिता बराल मनोनित भएकी छन् । सचेतक बनेकी बराल समानुपातिक सांसद हुन् ।







