नेपाल टस जितेर फिल्डिङमा

जनता संवाददाता
२०८० फाल्गुन ३० गते, बुधबार

काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) विरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा नेपालले पीएनजीलाई पहिले ब्याटिङ गर्ने निम्तो दिएको हो । मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

यसअघि मङ्गलबार नै भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएर फाइनलमा स्थान बनाएको थियो । आयोजक हङकङ भने लिग चरणको अन्तिममा रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ३० गते, बुधबार


Scroll to Top

Janata Media