बालिकाको उपचारका लागि वडाध्यक्ष शाहीको सहयोग

जनता संवाददाता
२०८० चैत्र ५ गते, सोमबार

हुम्ला ,हुम्लाको सिमकोट गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बलविर शाहीले उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
दुई वर्षअघि घरको छतबाट लडेर घाइते भइ उपचार अभावमा अपाङ्ग भएर बसेकी डाँडाफया गाउँकी माया विकलाई वडाअध्यक्ष व्यक्तिगत २५ हजार रुपैयाँ नगदसहित एक जोर कपडा सहयोग गरेका हुन् । उपचार गर्न काठमाडौं जानको लागि सदरमुकाम सिमकोट पुगेकी वि।कलाई वडा कार्यालयमा आइतबार वि।ककी आमा लालसरा वि।क र बुबा बल्जित कामीको हातमा आर्थिक सहयोग हस्तान्तर गरेको वडा अध्यक्ष शाहीले बताए ।

वि क को घरको अवस्था दयनीय देखेर उक्त रकम सहयोग गरेको वडाध्यक्ष शाहीले बताए । उपचार गर्न वि।कलाई हुम्लादेखि काठमाडौंसम्म पुग्ने जहाज भाडा र खानाबस्न पुग्ने गरी आर्थिक सहयोग गरिएको हो । शुक्रबार डाँडाफया स्वास्थ्य चौकीका प्रमुख सन्तोष बोहराले सहयोगका लागि अपिल गर्दै सामाजिक सञ्जालमा वि।क को तस्विर पोष्ट गरेका थियो । वि।कको खुट्टाको उपचार बनेपास्थित अपांग बाल अस्पताल तथा पूनस्र्थापना केन्द्रमा हुने भएपछि हुम्लादेखि काठमाडौंसम्म लाग्ने खर्च स्वरुप उक्त रकम अध्यक्ष शाहीले सहयोग गरेको बालिकाकी आमाले बताइन् ।
बालिकाको उपचारपछि आर्थिक समस्या आएको खण्डमा आफ्नो नेतृत्वमा सहयोग अभियान नै चलाउने शाहीले प्रतिबद्धता व्यक्त गरेका छन् । वि कलाई मात्रै नभएर आफ्नो वडाभित्र रहेका दुखी, गरिब, दलित आर्थिक विपन्नलाई सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । यस्तै वि।कको उपचारका लागि सिमकोट गाउँपालिकाले २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको डाँडाफया स्वास्थ्य चौकीका प्रमुख बोहराले बताए । हुम्लाबाट अहिलेसम्म नगद ५५ हजार रुपैयाँ आर्थिक सहयोग उठेको प्रमुख बोहराले बताए ।
त्यस्तै बालिकाको लागि नेपाली कांग्रेस जिल्ला पूर्व सभापति जयपति रोकायाले पनि दश हजार सहयोग गरेका छन् ।
नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यय लगायतको सामाजिक अभियन्ता टोलीले बालिकासहित उनका कुरुवा जानेलाई खानबस्न निःशुल्क व्यवस्था गर्ने छन् भने बालिकाको खुट्टाको उपचार पनि निःशुल्क हुने भएको छ । अझैँ ती बालिकाको उपचारका लागि आर्थिक सहयोग गरिदिन स्वास्थ्यकर्मी बोहराले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते, सोमबार


Scroll to Top

Janata Media