सर्वोच्च अदालत परिसरबाट हतियारसहित एक पक्राउ

जनता संवाददाता
२०८० चैत्र ५ गते, सोमबार

काठमाडौं । नेपाल प्रहरीले सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उनले भने, “अत्याधुनिक हतियार लिएर अदालत प्रवेश गर्ने क्रममा त्यहाँ सुरक्षार्थ खटिएका प्रहरीले नियन्त्रणमा लिएर हामीलाई बुझाएको छ, उक्त विषयमा अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० चैत्र ५ गते, सोमबार


Scroll to Top

Janata Media