गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने अडानमा कांग्रेस

जनता संवाददाता
२०८० चैत्र २१ गते, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई संसदमा सफाइको मौका नदिने निष्कर्ष निकालेको छ ।

मंगलबार बसेको कांग्रेसको संसदीय बोर्डको बैठकले संसद बैठकमा गृहमन्त्री लामिछानेलाई रोष्टममा जानबाटै रोक्ने निर्णय गरेको कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते, बुधबार


Scroll to Top

Janata Media