ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प

जनता संवाददाता
२०८० चैत्र २१ गते, बुधबार

काठमाडौँ । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पसँगै ताइवान र दक्षिणी जापानी टापुहरूमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २०८० चैत्र २१ गते, बुधबार


Scroll to Top

Janata Media