काठमाडौं । एसीसी महिला एसिया कपको आफ्नो पहिलो खेलमा नेपालले शुक्रबार संयुक्त अरब इमिरेट्स (यूएई) को सामना गर्दैछ। श्रीलंकाको दाम्बुलास्थित रंगिरी दाम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले आफ्नो पहिलो खेलमा यूएईको सामना गर्न लागेको हो। खेल दिँउसो सवा २ बजेपछि शुरु हुनेछ ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ।
प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । यस्तै समूह ‘बी’ मा आयोजक श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। नेपालले जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग प्रतिस्पर्धा गर्नेछ।