
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट र भ्रष्टका मतियार जोगाउन देशमा अस्थिरता र अराजकता मच्चाउने गतिबिधि भइरहेको बताएका छन् ।
बुधबार सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्ने क्रममा प्रधानमन्त्री ओलीले रास्वपालाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।
‘भ्रष्टाचारका कसूरमा फस्ने त्रास र त्यसबाट उम्कने आकांक्षा, भ्रष्ट र त्यसका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता अराजगता फैलाउने तत्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले विकास र सुशासनका लागि सही दिशामा अघि बढ्दा भ्रष्टहरूको मोर्चा बन्नु बेग्लै कुरा हो ।’