देश एमालेको बाटोमा हिँडिरहेको छ: एमाले नेता बोगटी

जनता संवाददाता
२०८० चैत्र ३० गते, शुक्रबार

हुम्ला । नेकपा (एमाले) ले समृद्धिका लागि अघि सारेको मार्गमा अहिले नेपाल हिडेको स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटीले बताएका छन् । नेकपा (एमाले) हुम्लाको दशौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै सुर्खेत जिल्ला इन्चार्ज समेत रहेका बोगटीले यस्तो बताएका हुन् ।

‘देशको सत्ता गठबन्धन मात्र फेकिएको होइन, देशको समृद्दीको रेखा कोर्ने बामपन्थीहरुको बाहुल्यता रहेका शक्तिहरु सरकारमा सहभागि रहेका कारण वर्तमान सत्ता गठबन्धनका कुपमा समेत अघि बढेको हो ‘ उनले भने ।

‘जनताको हितमा लाग्ने, देशको विकासको भरपर्दो नीति र योजना भएको पार्टीको नाम नेकपा (एमाले) हो’ उनले थने, ‘राम्रो काम गरेको डाहाले सर्वच्चको ढोकामा बसेर मतले स्थापीत एमाले नेतृत्व सरकारलाई परमाधेशले बिस्थापित गक्ने काम गरेको उल्लेख गरेका नेता बोगटीले फेरि २०७९ मंसिर ४ को निर्वाचनमा सबै एक ठाउॅमा उभिंदा पनि एमाले बलियो शक्तिका रुपमा स्थापित भएको छ ।’

जिल्लाबाट बहुदल आएपछि प्रतिनिधि सभा र प्रदेश सभामा एक-एक पटक मात्रै बिजयी हॅासिल गरेको छ तरपनि जिल्लाको विकास र समृद्दीका लागि कहिल्यैपनि पछि नरहेको स्थायी कमिटी सदस्य बोगटीले बताए ।

पार्टीको आन्तरिक जीवनलाई फर्केर गेर्दा केहि कमजोरीका कारण थोरै सिटले एमाले दोस्रो दल बनेको उल्लेख गर्तै उनले अन्य पार्टीका तुलनामा सांकठनिक रुपमा एमाले अब्बल थियो तर केहि आन्तरिक समस्याका कारण नेता र कमिटीहरु चलायमान हुन नसकेकै कारण अवधी भएरै पनि अर्ली अधिवेशनमा एमाले गएको बताए ।

नेकपा (एमाले) का जिल्ला ईन्चार्ज नागेन्द्र शाही नेशनलले एमाले आमा र वुवाको प्यारो पार्टी भएपनि छोराछोरीहरुका कारण पहिलो पार्टी बन्न नसकेको दावी गरे । ‘हुम्लाबाट पटक-पटक निर्वाचित भएका सांसदहरुको जीवनशैली अनपेक्षित रुपमा परिवर्तन भयो तर हुम्लीहरुको अवस्था जहॅाको तहिं छ’ उनले थपे, हुम्लाको समृद्दी र सर्वोपरी विकासको नेतृत्व एमाले वाहेक अन्य पार्टीको विकल्प हुनसक्दैन ।’

हुम्लामा साना साना कम्यूनिस्ट पार्टीता पसल थापेर साम्यवाद नआउने भएकाले मुलधारको कम्युनिष्ट पार्टीमा आउन आग्रह एमाले केन्द्रीय सदस्य शाहीले गरे । उद्घाटन शत्रलाई संवोधन गर्दैं कर्णाली प्रदेश कमिटी सदस्य नवराज महताराले जिल्लाका सातवटै स्थानीय तहमा प्रतिपक्ष भएकै कारण विकासमा व्यथिति बढ्दै गएकाले आसन्न २०८४ को निर्वाचनमा तिनैं तहका सरकारमा एकल बहुमतको विकल्प नभएको उल्लेख गरे ।

हुम्लाको विकास खर्च ८ लाख बढि भएपनि वास्तविक विकास नहुनुको एकमात्रै कारण एमाले नेतृत्वको सरकार नहुनु हो’ उनले थपे, हुम्लामा आउने बजेट अनुशारको परिणाममुखि विकास गर्नका लागि एमालेको विकल्प छैन् ।’

एमाले हुम्लाका कार्यबहाक अध्यक्ष डबल रावतको अध्यक्षतामा भएको उद्घाटन शत्रमा प्रदेश कमी सदस्य रुपा शाही, मंगल लामा, जनवर्गीय संगठनका तर्फबाट अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष मन्जु रावललगायतका नेताहरुले संवोधन गरेका थिए ।
नयॅा नेतृत्व छनोट गर्न जिल्लाका ४४ वटै वडाबाट २८९ अधिवेशन प्रतिनिधि जिल्ला सदरमुकाम सिमकोटमा जम्मा भएका छन् ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार


Scroll to Top

Janata Media