वित्तीय संस्थाका वरिष्ठ फिल्ड सहायकविरुद्ध १९ लाखको भ्रष्टाचार मुद्दा

जनता संवाददाता
२०८० चैत्र ३० गते, शुक्रबार

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध १९ लाख दुई हजार २३७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार घिमिरेले वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष २०६८र०६९ देखि आफू कार्यरत बैंकको सो रकम अपचलन तथा हिनामिना गरेको पुष्टि भएको छ ।

आयोगका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम १९ लाख दुई हजार २३७ रुपियाँ रकम बिगो कायम गरी जरिवाना हुन मागदाबी लिइ विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८० चैत्र ३० गते, शुक्रबार


Scroll to Top

Janata Media