इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता, दोस्रोमा एमाले

जनता संवाददाता
२०८१ बैशाख १६ गते, आईतवार

इलाम । इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

कांग्रेसका डम्बरबहादुर खड्का ६५७ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।

यो मत परिणाम फाकफोथुम–१ वडाको गणना हुँदा आएको हो ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते, आईतवार


Scroll to Top

Janata Media