बझाङमा एमालेका भण्डारी दोब्बर मतले अगाडि

जनता संवाददाता
२०८१ बैशाख १६ गते, आईतवार

बझाङ । बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ। नेकपा (एमाले)का दमन भण्डारी नेपाली कांग्रेसका अविशेक सिंह भन्दा ६४९ मतले अगाडि छन्।

एमालेका भण्डारीले १३ सय ३ मत ल्याएका छन् भने कांग्रेसका अविशेक सिंहले ६५४ मत पाएका छन्।

नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ४०१ मत ल्याएका छन् भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३६९ मत पाएका छन। राप्रपाका किशोर खड्काले २० मत पाएका छन।

अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको तीन हजार ५ मत गणना सम्पन्न हुँदा ४६ मत बदर भएको छ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते, आईतवार


Scroll to Top

Janata Media