नेपालको पहिलो विकेट पतन, ३८ रन बनाएर कुशल आउट

जनता संवाददाता
२०८० भाद्र १८ गते, सोमबार

काठमाडौं । एसियन कप क्रिकेट– २०२३ अन्तर्गत हाल नेपाल र भारत भिडिरहेका छन् ।

श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले ९.५ ओभरमा एक विकेट गुमाउद ६५ रन बनाएको छ । नेपालका लागि पहिलाने विकेटकोरुपमा कुशल मल्लले २३ बलमा ३८ रन बनाएर आउट भएका हुन् ।

नेपालले भारतसँग पहिलो पटक यो उपल्लो स्तरको खेल खेल्न लागेको पहिलो पटक हो ।

नेपालले यसअघि पहिलो खेलमा पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो, सो खेला पाकिस्तानको क्रिकेट मैदानमा भएको थियो ।

प्रकाशित मिति : २०८० भाद्र १८ गते, सोमबार


Scroll to Top

Janata Media