इलाम उपनिर्वाचन: एमालेका सुहाङको १८ हजार १९६ मत, रास्वपा चौथोमा

जनता संवाददाता
२०८१ बैशाख १७ गते, सोमबार

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर पाँच हजार ८५७ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँले १८ हजार १९६ मत पाएका छन् ।

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले १२ हजार ३३९ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ३३६ मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुले ३ हजार ६७ मत ल्याएका छन्। शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते, सोमबार


Scroll to Top

Janata Media