खुम्बुको लोबुचे केन्द्रबिन्दु भएर ७.१ म्याग्निट्यूडको भूकम्प

जनता संवाददाता
२०८१ पुष २३ गते, मंगलवार

काठमाडौँ । नेपालमा मङ्गलवार बिहानै शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। बिहान ६ बजेर ५० मिनेट आसपास उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।

अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले उक्त भूकम्प ७ दशमलव १ म्याग्निट्यूडको भएको बिबिसीले उल्लेख गरेको छ। यूएसजीएसका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ अवस्थित लोबुचे भन्दा उत्तर पूर्वमा रहेको जनाइएको छ।

क्षतिको विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८१ पुष २३ गते, मंगलवार


Scroll to Top

Janata Media