गुनासा मात्रै होइन, विकल्पसहित प्रश्न गर्ने कि..!!

जनता संवाददाता
२०८१ बैशाख २३ गते, आईतवार

ददिराम बुढाथोकी, काठमाडौं । प्रश्न गर्नु पर्छ थाहा छ तर के प्रश्न गर्ने त्यो थाहा छैन भने तपाईँका लागि केहि प्रश्नका नमुना तयार छन् । यी र यस्तै खालका प्रश्न हरेक क्षेत्रका व्यक्ति र निकायलाई गर्न सकिन्छ । विभिन्न निकाय अनुसार प्रश्न फरक फरक हुनसक्छ तर जवाफ माग्नु भनेको जिम्मेवार बनाउनु पनि हो । आज तपाई जहाँ जानुहोस् सबै तिर गैर-जिम्मेवार प्रवृत्तिको संस्कार देख्नुहुन्छ । यो के कारणले भन्दा तपाई हामी कसैले पनि सम्बन्धित निकाय र कर्मचारीलाई जिम्मेदार बनाउन चाहेनौँ ।

त्यसैले अब नागरिक पत्रकारको अधिकार प्रयोग गरेर समतामुलक समाजको निर्माणमा जुट्नु पर्छ । यहाँ शिक्षा क्षेत्र त एउटा प्रतिनिधि निकाय मात्र हो । तपाईँलाई थाहा छ तपाई शिक्षित हो तर बेरोजगार हुनुहुन्छ भने खुशिसाथ बाच्न मुस्किल छ । यसको पछाडिको कारण खोज्ने अधिकार तपाईँलाई छ । सम्बन्धित सबै निकायमा बुझ्न पाउनुहुन्छ तर त्यसका लागी प्रश्न गर्न सक्नु पर्छ । जनप्रतिनिधि, सबै राजनितिकमर्मी, निकायका कर्मचारी, हाकिम, समाजसेवी, सामाजिक अभियन्ता, शिक्षक, विद्यार्थी नेता, विज्ञ व्यक्ति आदिलाई जायज प्रश्न गर्ने अधिकार तपाईँलाई छ ।

शिक्षा क्षेत्रका प्रश्न
हाम्रो नैतिक शिक्षा खै ?
प्रश्न पत्र किन बेच कहिले सम्म ?
शिक्षामा विभेदिकरण कहिले सम्म ?
पैसा तिर्न नसक्नेका लागी शिक्षा खैं ?
शिक्षाको व्यापार सरकारले किन देख्दैन ?
हाम्रो शिक्षाले उत्पादन किन गर्न सक्दैन् ?
जति शिक्षित त्यति बेरोजगार यस्तो किन् ?
सधै शैक्षिक दरबन्दि अपुग हुनुको कारण के हो ?
शैक्षिक शुल्कको नाममा ठगि धन्दा कहिले सम्म ?
बेरोजगार न्युनिकरण गर्न नसक्ने शिक्षा प्रणाली किन ?
शिक्षा शिक्षाका लागि मात्र हो कि ? जीवनका लागि पनि हो ?
यो शिक्षाले व्यक्तिलाई सिर्जनशील बनाउन किन नसकेको ?
तिन महिनामा आउनु पर्ने रिजल्ट नौ महिना सम्म किन लाग्छ ?
शिक्षा व्यक्तिका लागि हैन मुलुकका लागि भन्ने कुरा कहिले बुझ्ने ?
सरकारी शिक्षकको, महल र निजि शिक्षकको झुपडि हुनुको रहस्य के हो ?
प्रविधि देशका लागी र माटो जिवनका लागि भनेर किन सिकाउन नसकेको ?
केन्द्रिय क्याम्पसमा उत्तर पुस्तिका हराउने वातावरण कसरी सिर्जना भयो ?
परिक्षा केन्द्र किनेर विद्यार्थी उत्तिर्ण गराउने घटिया काम कहिले बन्द हुन्छ ?
नेपालमा पढेर खाडि मुलुकमा रोजगार खोज्नु पर्ने वातावरण किन सिर्जना भयो ?
आजको शिक्षाले व्यक्तिको वास्तविक क्षमतालाई किन उजागर गर्न सकेको छैन ?
शिक्षित व्यक्तिको प्रतिशत जति बढ्छ त्यति जमिन उजाड बन्दै किन गईरहेको छ ?
शिक्षकको राजनिति छुट्टै विद्यार्थीको राजनिति छुट्टै के आविस्कार गर्नका लागि हो
?
विद्यालय तह देखिनै किन उत्पादन उन्मुख शिक्षा र आत्म निर्भरका कुरा सिकाईदैन ?
वैज्ञानिक शिक्षा प्रणाली भनेको यहि हो ? जुन शिक्षाले जिवन र उत्पादन बुझाउन सक्दैन ।
शिक्षाले व्यक्तिको चौतर्फि विकास गर्नु पर्ने कर्तव्य हो, तर व्यक्तिको एक पक्षलाई पनि राम्रोसँग विकास गर्न सकेको छैन किन ?
शिक्षा क्षेत्रमा भ्रष्टहरुले कसरी जरा गाड्न सफल भयो ? नियमनकारी निकाय के हेरेर बसेको छ ?
शिक्षा क्षेत्रको लापरवाहिले मुलुकमा कस्तो असर पार्छ भन्ने कुरा सरकारमा बसेकालाई थाहा छ कि छैन ?
स्वस्थ्यका लागी दुध, दहि, अण्डा, माछा, मासु, हरियो परियो, गेडागुडि, फलफुल जस्ता खानेकुरा आवश्यक पर्छ भनेर सिकाउनेले, माटो छुन र मल (गोबर) को विशेषता किन सिकाउन सकेको छैन ?
त्रिभुवन विश्वविद्यालयबाट पास आउट आज सम्मका विद्यार्थीमध्ये कति रोजगार, कति बेरोजगार, कति विदेशिए, कति कता छान भन्ने कुराको तथ्य सबै सम्बन्धित निकायसँग छ कि छैन ?

यी र यस्तै प्रश्नहरुको संगालोले हरेक क्षेत्रलाई घेरेको छ । तर जवाफदेहितामा कुनै पनि पक्ष तयार छैन । अब हरेक नागरिकले प्रश्न गर्न सक्नु पर्छ । किन यस्तो भयो भन्ने कौतुहलता मेट्नका लागी सबै तयार हुन आवश्यक छ । अब पनि हामीले सम्बन्धित निकायलाई र व्यक्तिलाई प्रश्न गरेर जवाफ देहिता बनाएनौँ भने हामीले हाम्रै पालामा समृद्ध समाजको परिकल्पना गर्नु बेकार छ । आज हरेक क्षेत्रमा भ्रष्टचार, व्यतिथि मौलाउदै जानुमा धेरै कारण होलान् तर मुख्य कारण भनेको नागरिक निदाएर बस्नु र अरु नै बोल्छ म किन बोल्नु पर्यो भन्ने प्रवृत्ति हो ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते, आईतवार


Scroll to Top

Janata Media