पौडी खेल्ने क्रममा दुई जनाको मृत्यु

जनता संवाददाता
२०८१ जेष्ठ ५ गते, शनिबार

काठमाडौं । तनहुँको बन्दीपुर-२ बट्टारस्थित सुलेरहमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बन्दीपुर-६ बस्ने २० वर्षीय विनोद गुरुङ र सोही स्थानका अन्दाजी २० वर्षीय हीरा गुरुङको मृत्यु भएको हो ।

छ जना साथी मिलेर पौडी खेल्न गएकामध्ये उनीहरुको डुबेर मृत्यु भएको प्रहरी निरीक्षक मोहनकुमार खड्काले जानकारी दिए । अन्य चार जना सकुशल छन् । मृतक दुवैको शव परीक्षणका लागि दमौली अस्पतालको शवगृहमा राखिएको उनले बताए । रासस

 

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते, शनिबार


Scroll to Top

Janata Media